बाघको छालासहित दुई जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका- २६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई मङ्गलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ ।

दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका