‘निष्ठुरीला मायासे : बिछोडको पीडा र प्रेमको गहिराइ बोल्ने नयाँ गीत’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

गायक सञ्जीव वाइबाको नयाँ गीत ‘निष्ठुरीला मायासे’ को भिडियो हालै सार्वजनिक गरेको छ ।

गीतका शब्द, संगीत, र आवाज सञ्जीव वाइवाको रहेको छ । गीतको एरेञ्ज प्रस्थान वाइबाले गरेका छन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। गीतले रचना र प्रस्तुतीकरणले तामाङ सङ्गीतलाई नयाँ आयाम दिएको छ ।

म्युजिक भिडियो चर्चित नायक अमिर दोङको निर्देशनमा तयार पारिएको हो। भिडियोमा मोडल प्रयास गोले र प्रीति लामा, अमिर दोङ र हास्य कुइसाङ रुम्बाले फिचरिङ गरेका छन् ।

गोले मिस्टर तामाङ २०२४ प्रतियोगितामा मिस्टर पब्लिक च्वाइस र मिस्टर पपुलर अवार्ड विजेता प्रयास हुन् ।

भिडियोको छायाङ्कन र कलर कृष्ण ब्लोनले गरेका छन् भने सम्पादन कार्य दोङले नै गरेका छन्।

यो गीतले एक निष्ठुरी प्रेमिकाको सम्झना र बिछोडको पीडा व्यक्त गरेको छ। गीतका शब्दहरूले प्रेमको गहिरो भाव र बिछोडको वेदनालाई सङ्गीतमा उतार्न सफल भएका छन्।

गीतको म्युजिक भिडियोले ग्रामीण परिवेशलाई चित्रण गर्दै प्रेम, पीडा र भावनात्मक सन्देश व्यक्त गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका