सीटीइभीटीको कार्यकारी निर्देशकमा डा. शान्ति लामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
मकवानपुर

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) को प्रमुख कार्यकारी निर्देशकमा डा. शान्ति लामालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यागङ गाउँपालिका–४ नुवाकोटकी डा. लामालाई नियुक्त गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धा मार्फत दरखास्त आह्वान गरी परीक्षा तथा अन्तरवार्ताबाट छनौट गरेका हुन् ।

मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।

समितिको सिफारिसअनुसार दरखास्त परेको ७ जनाबाट ५ जनाको नाम संक्षिप्त सूचीमा तयार गरेर परिक्षा संचालन गरेको थियो । त्यस्तै गत पुस १ मा अन्तरवार्ता लिएर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो । सोही अनुसार डा. लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी डा. लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् । त्यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । त्यस्तै उपाध्यक्ष हुनुअघि उनी शिक्षण पेशामा आवद्व थिइन् ।

मन्त्री लामिछानेका अनुसार सिफारिस समितिले डा. लामा सहित मध्यपुरठिमी नगरपालिका–९ का बद्रीप्रसाद दाहाल र भरतपुर–१०, चितवनका इश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया