क्रोएसियामा `१२ गाउँ´ले एक र `छक्का पञ्जा´ले पाए दुई शो

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
448 Shares
सेस्भेते, क्रोएसिया

क्रोएसियामा दुई नेपाली कथानक चलचित्र एकैदिन प्रदर्शन भएको छ । डिसेम्बर २५ तारीख क्रोएसियाको सेस्भेतेस्थित युनिभर्सिटीको हलमा चलचित्र `१२ गाउँ´ र `छक्का पञ्जा´ गरि दुई चलचित्र प्रदर्शन भएको हो ।

नेपाली कथानक चलचित्र `१२ गाउँ´ बिहान् ११: १५ बजे एक शो र चलचित्र `छक्का पञ्जा´ भने २:१५ बजे र ५:१५ बजे गरि दुई शो प्रदर्शन भएको साथी डिजिटलका संचालक गगन तामाङले जानकारी दिए । उनका अनुसार क्रोएसियामा रहेका नेपालीलाई एक दिन भएपनि मनोरञ्जनसँगै नेपालमै रहेका महसुस गराउन सफल भएका छन् ।

त्यसैगरी चलचित्रलाई क्रोएसिया साथी डिजिटल र लामा ब्रदर्स (संजय ट्राभल्स)ले सहकार्य ल्याएका हुन् । उनीहरूले यसअघि सुपरहिट नेपाली कथानक चलचित्र`१२ गाउँ´ नोभेम्बर १७ मा समेत प्रदर्शन गरेका थिए ।

आयोजका अनुसार चलचित्रलाई क्रोएसिया ल्याउनसम्म काठमाडौं मार्टका सञ्चालकहरु कमलमान गुरुङ, दावा लामा लगायतले बिशेष सहयोग गरेका हुन् ।

पछिल्लोपटक क्रोएसियामा २५ हजारभन्दा धेरै नेपाली रहेको अनुमान गरिन्छ । यहाँ विभिन्न संघसंस्था साँस्कृतिक कार्यक्रमका साथै खेलकुदका समेत आयोजना गर्दै आएका छन् ।

थप यो पनि

क्रोएसियामा `१२ गाउँ´ र `छक्का पञ्जा´ प्रदर्शन हुने

क्रोएसियामा `१२ गाउँ´ आज प्रदर्शन हुदै, टिकट हलमा पाइने

नेपाली चलचित्र `१२ गाउँ´ क्रोएसियामा पनि प्रदर्शन हुँदै, नोभेम्बर १७

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका