सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाको ए टिमले एकदिने भलिबल प्रतियोगिताको बिजेता बनेको छ । समाजले यहि डिसेम्बर २६ तारीख आयोजित भलिबल प्रतियोगिताको विजेता बनेको हो ।
सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाद्वारा आयोजित भलिबल प्रतियोगिता आयोजककै बि टीमलाई पछी पार्दै ए टिमले ट्रफी हात पारेका हुन् । प्रतियोगिताको उपविजेता सुदुरपश्चीमेली नेपाली समाज क्राऐसिया बी बनेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ३ हजार १सय ३१ युरो, ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए । त्यस्तै उपविजेता टिमले १ हजार ५ सय १५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विगतका वर्षमा आयोजना गर्दै आएको भलिबल प्रतीयोगिता यसवर्ष पनि सभ्य र भव्य भएको सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष बासुदेब ओझाले बताए । उनका अनुसार क्रोएसियाकै ठूलो राशि भएको प्रतियोगिता हुन् ।` प्रतियोगिता विवादारहित बनाउन हामीले सेमिफाइनल र फाइनल खेलाउन दुईजना क्रोएसिया भलिबलका आधिकारिक रेफ्रीलाई जिम्मेवारी दिएको थियो ´ सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष ओझाले भने,` हामीले सोचेजस्तै उहाँहरु (क्रोएसियन रेफ्री) ले विश्व भलिबल नियम अनुसार खेलाउनु भयो ।´
सहभागी टिम लगायत उपस्थिति सबैको सहयोगले प्रतियोगिता सफल भएको अध्यक्ष ओझाको भनाई छ । उनले खेलकुदले स्वास्थ्य र मानसिक तनावलाई समेत कम गराउने भएकोले भलिबल प्रतियोगिताको आयोजना गरेका हुन् ।
प्रतियोगिता बिहान् ८:०० बजेदेखि सुचारु भएको प्रतियोगिताको खेल मौसमलाई मध्यनजर गर्दै (Prisavlje 2, 10000 Zagreb) मा रहेको भित्री (indoor) खेलमैदानमा खेलाइएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामाले युरोपभरकै ठूलो राशीको पुरस्कर भएको भलिबल प्रतियोगिता गर्न सफल भएका सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको चर्चा गरे । उनले आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा अझै खेलकुद आयोजना गर्न अनुरोध गरे । क्रोएसियामा स्थापित विभिन्न संघसंस्थाले आयोजना गरेका प्रतियोगिताहरुमा यहाँ रोजगारीका लागि आइपुगेका नेपाली खेलाडीहरुले आआफ्ना कला प्रस्तुति गर्दा नेपालकै झल्को आएको अध्यक्ष लामाको भनाई थियो ।
त्यस्तै कार्यक्रममा एनआरएन क्रोएसिया एवं तमु समाज क्रोएसियाका संरक्षक कमलमान गुरुङ, एनआरएनका उपाध्यक्ष रंजना चौहान, कोषाध्यक्ष दुर्गा अधिकारी लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
भलिबल प्रतियोगितामा मोना क्रोएसिया, पर्वत समाज, सुदुरपश्चिम (ए), गल्कोट बाग्लुङ, सुदुरपश्चिम (बि), ढाडाल मष्टा र स्वयता निर्जला गरि सात टीमले सहभागी जनाएका हुन् ।
त्यसैगरी भलिबल प्रतियोगिताका लागि काठमाडौं मार्टका संचालक एवं समाजसेवी कमलमान गुरुङ, दुर्गा अधिकारी लगायतले बिशेष सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष बासु ओझाले बताए । उनका अनुसार क्रोएसियामा रहेका अन्य संघसंस्थासमेत सहयोग गरेका छन् ।
सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाले गतवर्ष पनि भलिबल प्रतियोगिता गरेका थिए । समाजले विभिन्न क्षेत्रका पीडितहरुलाई समेत सहयोग गर्दै आएका छन् ।
थप यो पनि
सुदुरपश्चीमेली नेपाली समाज क्रोएसियाले भलिबल प्रतियोगिता गर्ने