तामाङ पत्रकार सङ्घको अध्यक्षमा नेत्र तामाङ निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
413 Shares
काठमाडाै

तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघको सातौं संघीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ निर्वाचित भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, उपाध्यक्षहरु  साहिला तामाङ, शिशिर दोङ, डोल्माछिरिङ तामाङ, महासचिव सरस्वती तामाङ, सचिव आदर्श थोकर, जिबी लामा,  मिक्साङ वाइबा, कोषाध्यक्ष हिरामान बल निर्वाचित भएका हुन् ।


यस्तै केन्द्रिय सदस्यहरु अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन, केन्द्रिय सदस्य बागमती प्रदेशबाट अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राज कुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङ बहादुर लो (राजु) निर्वाचित भएका छन । त्यस्तै अन्य सदस्यहरू मनोनित गर्नेछन।

महाधिवेशनको ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्घाटन गर्दै तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने बताए । पत्रकारले सधैँ नयाँ तथ्य खोजी गरी समाजलाई उपयोगी हुने समाचार सामग्री तयार पार्नुपर्नेमा उनको जोड थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया