शैलुङ कपको फाइनल : फेदाली र नव शैलुङको जम्काभेट

प्रदेश सांसद चौलागाईंले सम्बोधन गर्ने

सैलुङअनलाइन संवाददाता
35 Shares
शैलुङ, दोलखा

दोलखा शैलुङ गाउँपालिका-३ स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप- २०७६ खुल्ला प्रतियोगिताको सेमिफाइनल खेलहरू सकिएको छ ।

मङ्गलबार भएको पहिलो सेमिफाइनल खेल नव शैलुङ लालीगुराँस समाज (ए) र शैलुङ शिखर स्पोर्ट्स क्लब रामेछाप बीच भएका थिए । निकै प्रतिस्पर्धात्मकमा नव शैलुङले शैलुङ स्पोर्ट्सलाई ३-२ ले स्तब्ध पार्दै जित हात पारे ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा स्टार शैलुङ क्लबलाई शुन्यका विरुद्ध ३ गोल गर्दै फेदाली युवा क्लब फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी खेलाडी रोमियो लिएर मैदान उत्रिएका फेदालीले स्टार शैलुङलाई सहजै बिजयी आफ्नो पोल्टामा पारे ।

मङ्गलबारको खेलमा म्यान अफ द म्याच नव शैलुङका खेलाडी राज श्रेष्ठ र फेदाली युवा क्लबका खेलाडी धिरज श्रेष्ठ घोषित भए । उनीहरूलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाकी उपाध्यक्ष बिमला दुलालले ट्रफी हस्तान्तरण गरेकी थिइन् ।

बुधबार ११.०० बजे हुने फाइनलमा नव शैलुङ समाज (ए)ले फेदाली युवा क्लबसँग भीड्नेछन् । प्रदेश सांसद पशुपति चौलागाईंले सम्बोधन गर्ने मुल समितिका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

आयोजक मध्येका नव शैलुङ लाली गुराँस समाज (ए) फाइनलमा छ । साख बचाउ स्थानीयको मनोबैज्ञानिक दबाब बोकेका  नव शैलुङ प्रतियोगिताको बिजेता भएर इतिहास रच्ने दाउमा छन् । त्यसैगरी अफ्रिकी खेलाडी लिएर उत्रिएका फेदालीलाई पनि कम दबाब भने छैन । छिमेकी वडाको खेलमैदानमा भएको खुल्ला प्रतियोगिताको कप जितेर बिदेशी पाहुनालाई उपहार दिन आतुर देखिञ्छ ।

प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खडादेवी समाजले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रथम शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, शिल्ड, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ रुपैयाँ नगद, मेडल प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँका दरले प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

शैलुङ कपको सेमिफाइनल : आयोजकसँगै फेदाली र शैलुङ भिड्ने 

शैलुङ कपको नकाउट चरण सकियो, सोमबारबाट क्वाटरफाइनल

शैलुङ कप अपडेट:आयोजक बीसँगै शैलुङ स्पोर्ट्स क्वाटरफाइनलमा

प्रथम शैलुङ कप उद्घाटन, आयोजक ए क्वाटरफाइनलमा

प्रथम शैलुङ कप शुक्रबार उद्घाटन हुने, फेदाली र काटाकुटी क्वाटरफाइनलमा

 

 

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया