तमु समाज क्रोएसियाले ल्होसार मनाउने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
210 Shares
जाग्रेब, क्रोएसिया

तमु समाज क्रोएसियाले तमु (तोला) ल्होसार भएको छ । समाजले क्रोएसियास्थित जाग्रेबमा सन् २०२५ जनवरी ५ तारीख ल्होसार मनाउन लागिएको तमु समाज क्रोएसियाका अध्यक्ष अमित गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार क्रोएसियामा रहेका गुरुङहरुलाई नेपालमै भएको महसुस गराउन तमु ल्होसार-२०२५ को आयोजना गर्न लागिएका हुन् । उनले क्रोएसियामा रहेका गुरुङहरुलाई आफ्ना भाषा, कला, संस्कृति, संस्कार लगायत अन्य पहिचानलाई संरक्षण एवं सम्बर्द्धन गर्नका लागि पनि कार्यक्रममा उपस्थिति जनाउन आग्रह गरे ।

त्यसैगरी तमु समाजका अध्यक्ष गुरुङले कार्यक्रमका लागि क्रोएसियाका विभिन्न संघसंस्था र व्यक्तिहरुलाई निमन्त्रणा पठाइसकेको बताए । कार्यक्रमको निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार बनाई उपस्थित हुन अध्यक्ष गुरुङले आग्रह गरे ।

गतवर्ष गठित तमु समाज क्रोएसियाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

नेपालमा प्रत्येक वर्ष पुस १५ मा मनाउने तमु ल्होसार प्रवासमा भने समय मिलाएर एक हप्तासम्म पछि मनाउने गर्छन् ।

ल्होसारमा बिशेष गरेर घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला खाने चलन रहिआएको छ ।

थप यो पनि 

तमु समाज क्रोएसियाको अध्यक्षमा अमित गुरुङ 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका