अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।
आज सुन प्रतितोलामा रू एक हजारले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ ।
आज प्रतितोला चाँदी एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1