पाँचौँ अकियास खुल्ला फुटसल प्रतियोगिता हुँदै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
धुन्चे, रसुवा
तस्विर : अघिल्लो वर्षको हो ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा माघको पहिलो साताबाट सर्वाधिक फुटसल प्रतियोगिता हुने भएको छ ।

बागमती प्रदेशकै ठुलो पुरस्कार राशि भएको पाँचौँ अकियास खुल्ला फुटसल प्रतियोगिता हुने भएको हो ।

शैक्षिक ज्ञानी बौद्धिक र प्रज्वलित समाज अकियास फुटसल प्रतियोगिता २०८१ माघ २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ । एक हप्ता लामो चल्ने उक्त प्रतियोगिताको प्रथम टिमलाई २ लाख २ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने छ ।

उपविजेता टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ र साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अकियासका अध्यक्ष निवेश श्रेष्ठले जानकारी दिए । विभिन्न विधामा सर्वोकृष्ट हुनेलाई समेत पुरस्कार वितरण गरिने उनले बताए ।

अकियास संस्था एक गैर नाफा मूलक संस्था हो । पूर्ण रूपमा सामाजिक रूपमा काम गर्ने भएकाले खेलको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने लक्ष लिएको छ । जिल्लामा फुटसलको समेत विकास गर्ने लक्ष्य लिएर यो खेल आयोजना गरिएको अध्यक्ष श्रेष्ठले प्रस्ट पारे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया