तामाङ समाज युएईको १० औँ केन्द्रीय अधिवेशनबाट अध्यक्षमा भीम दोङ निर्वाचित भएको छ ।
कार्यकारी अध्यक्ष अमर लामा, उपाध्यक्षहरू बेता घिसिङ, प्रतापसिंह तामाङ, खिल बहादुर स्याङबो, महासचिवमा नवीन दोङ तामाङ, सचिवमा सबिन मोक्तान, कोषाध्यक्षमा मनिका योन्जन, सह–कोषाध्यक्ष कुमारसिंह तामाङ, जनसम्पर्क सचिवमा ग्याम्शो लामा, सांस्कृतिक सचिव मनिष लोप्चन, व्यवस्थापन सचिव पेमा छिरिङ लामा, खेलकुद सचिवमा विकास लामा, महिला विभाग प्रमुखमा पुर्णिमा घिसिङ, प्रवक्ता शर्मिला थिङ रहेका छन् ।
सदस्यहरू भीम गोले तामाङ, लावाङदोर्जे दोङ, निमा ग्याल्बो वाइबा, धिरेन्द्र तामाङ, सुमन तामाङ, सुवास लामा, अन्जित लामा, काजल तामाङ, सिर्जना मोक्तान, सुशीला पाख्रिन चयन भएका छन् ।
नयाँ नेतृत्वले तामाङ समाजलाई थप सुदृढ बनाउने, अन्तर्राष्ट्रियस्तरमा तामाङ पहिचानलाई प्रवर्द्धन गर्ने, र युएईमा नेपाली समुदायसँगको सहकार्यलाई बलियो बनाउने लक्ष्य लिएको छ ।
अधिवेशनमा युएईका विभिन्न स्थानबाट आएका तामाङ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अधिवेशनमा सङ्गठनको गत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन, र आगामी कार्ययोजनाबारे छलफल समेत गरिएको थियो ।
अध्यक्ष दोङ तामाङले तामाङ समुदायको आवाजलाई बलियो बनाउन र युएईमा रहेका तामाङ सदस्यहरूको हकहितका लागि थप क्रियाशील रहन सबै सदस्यहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।