प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ५१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा किनबेच हुँदैछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका