तामाङ समाज यूएईको अध्यक्षमा भिम दोङ तामाङ निर्वाचित भएको छ । दोङ आइतबार बार दुबईस्थित सम्पन्न अधिवेशनबाट अध्यक्ष निर्वाचित भएको हो ।
तामाङ समाज युएईका कार्यकारी अध्यक्ष बेता घिसिङ, उपाध्यक्षहरू क्रमशः अमर लामा, प्रतापसिंह तामाङ, खिल बहादुर स्याङ्बो रहेका छन् । समाजको महासचिव नवीन दोङ तामाङ, सचिव सबिन मोक्तान, कोषाध्यक्ष मनिका योन्जन,सह-कोषाध्यक्ष कुमारसिंह तामाङ, जनसम्पर्क सचिव ग्याम्शो लामा, संस्कृतिक सचिव: मनिष लोप्चन, व्यवस्थापन सचिव पेमा छिरिङ लामा, खेलकुद सचिव विकास लामा, महिला विभाग प्रमुख पूर्णिमा घिसिङ र प्रवक्ता शर्मिला थिङ चयन भएका छन् ।
त्यस्तै अधिवेशनबाट तामाङ समाज युएईका सदस्यहरु क्रमशः भिम गोले तामाङ, लावाङ दोर्जे दोङ, निमा ग्याल्बो वाइबा, धिरेन्द्र तामाङ, सुमन तामाङ, सुवास लामा, अन्जित लामा, काजल तामाङ, सिर्जना मोक्तान, शुसिला पाख्रीन रहेका छन् । एकजना सदस्य अध्यक्षले कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गर्नेछन् ।
कार्यक्रमको प्रमुख अतिथिमा तामाङ समाज युएईका प्रमुख संरक्षक राम मोक्तान, विशेष अतिथि समाजक संरक्षक महेश मोक्तान र सुरेन्द्र थिङले लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै निर्वाचन समितिका प्रमुख शम्भु वाइवा र सदस्य दिपक मोक्तानले नवनिर्वाचित पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका हुन् ।
निर्वाचित अध्यक्ष तामाङले युएईमा रहेका तामाङ समाजको एकता, विकास, र सांस्कृतिक पहिचानको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यूएईमा रहेका तामाङ समुदायका सदस्यहरूको हकहित र आवश्यकतामा काम गर्दै तामाङ पहिचानलाई बलियो बनाउन थप क्रियाशील रहन सबैसँग सहकार्य गर्ने बताए ।