सुनको मूल्य तोलमा दुई हजारले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका