‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ विष्ट र रावललाई

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
175 Shares
काठमाडौं

सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो ९५.२ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थागत रूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद रु. २५ हजार रहेको छ । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राजधानी दैनिकका बझाङ सम्वाददाता डीबी विष्ट र समय अनलाइनको सम्पादक ध्रुव रावललाई प्रदान गर्ने भएको छ ।

बझाङ जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका विष्ट नेपाल पत्रकार महासङ्घ बझाङका सभापति हुन् भने रावल नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यमामा आबद्ध हुँदै पत्रकारिता गरिरहेका छन् ।

यो पुरस्कार जनही रु. १५ हजार एक र प्रमाणपत्र सहित प्रदान गरिने छ ।

समाज नेपालको २०८१ पौष १७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सम्पादक समाज नेपालको अभिभावकत्व वहन गरिरहेकोमा सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई अभिनन्दन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आगामी २०८१ माघ ५ गते शनिवार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी – ७ मा पुरस्कार, सम्मान एवं अभिनन्दन कार्यक्रम गरिनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका