तामाङ समाज क्रोएसियाले सन् २०२५ फेब्रुअरी २ तारीख सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समाज क्रोएसियाले सूचना जारी गरेर ल्होछार मनाउने जनाएको हो ।
समाजको सूचनामा ` मञ्जुश्री संम्वत २८६१औ डुल ल्हो सा पुख्रि सर्प वर्गको पावन अवसरमा सोनाम ल्होछार सांझ-२०२५” राष्ट्रिय पर्वको उपलक्ष्यमा तामाङ्ग समाज क्रोएसियाद्वारा दोस्रोपटक (क्रोएशिया शहर) प्रवासमा रहेर तामाङ समुदायको धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परा, रहनसहन, रितिरिवाजहरूको संरक्षण,संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यहरूमा तामाङ समाज क्रोएशिया सदैब कटिबद्ध भई निरन्तररूपमा अघि बढिरहेको छ ´उल्लेख छ ।
सूचनामा ` विश्व भरि छरिएर रहेको तामाङ्गहरु एक हौं , हाम्रो भाषा,धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौं ´ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना हुन गईरहेको छ । उक्त कार्यक्रममा विधिवत् रुपमा लामा गुरु द्वारा पुजा मोलम पाठ गरी चर्चित कलाकारहरुको साथमा सेलो, म्हेन्दोमाया गीत साथै नृत्य प्रस्तुतिमा सोनाम ल्होछार मनाउने क्रोएशियामा विभिन्न पेशागत रुपमा कर्म गरि रहनुभएका तामाङ बुवाआमा, दाजुभाइ तथा दिदिबहिनीहरु ल्होछार प्रेमी सम्पुर्ण नेपाली बुवा-आमा, दाजु-भाइ तथा दिदिबहिनीहरु कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्नका लागि हार्दिक अनुरोध गर्दछौ ´ उल्लेख गरिएको छ ।
कार्यक्रमका लागि नेपालमा विशाल काल्तेन, जितु लोप्चन, म्हेन्दोमाया गायकहरुसँग छलफल भइरहेको समाजका सदस्यले नाम नखुलाउने सर्तमा जानकारी दिए । उनका अनुसार क्रोएसियामा रहेका कलाकारहरुको समेत विशेष प्रस्तुति रहनेछन् ।
त्यस्तै तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङले युरोपमा रहेका म्हेन्दोमाया गायक प्रनिल वाइबासँग पनि छलफल भइरहेको बताए । अध्यक्ष तामाङका अनुसार अन्य कलाकारहरुका बारेमा छलफल चलिरहेका छन् ।
सन् २०२३, को अन्त्यतिर गठन भएका तामाङ समाज क्रोएसियाले गतवर्ष ल्होछार मनाएका थिए । त्यस्तै समाजले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । पछिल्लोपटक काभ्रे महाभारत-१, का क्रोएसियामा मृत्यु भएका परिवारका लागि एनआरएनद्वारा चलाएका अभियानमा २ हजारभन्दा धेरै युरो उठाएर हस्तान्तरण गरेका थिए ।
थप यो पनि
तामाङ समाज क्रोएसियाको अधिवेशन तथा वार्षिकोत्सब सम्पन्न, अध्यक्षमा प्रकाशचन्द्र
क्रोएसियामा पहिलो पटक मनाए ल्होछार
क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप
तामाङ समाज क्रोएसिया बी टिम प्रथम तामाङ एफ-सी टुर्नामेन्टको सेमिफाइनलमा