सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया