अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

मेलम्ची सरोकारवालाले मेलम्चीको बाढीलगायत जलवायुजन्य क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुुपर्नेमा जोड दिएका छन् ।

पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उनीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका हुन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा २०७८ सालमा जलवायु परिवर्तनका कारण ठूलो बाढी आएको र त्यसबाट भीषण क्षति भएको उल्लेख गर्दै “जलवायु परिवर्तनको असर घटाउन परियोजना नै सञ्चालन गर्न आवश्यक छ”, भने । जलवायुजन्य हानिनोक्सानीको पूर्तिका निम्ती अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जलवायु परिवर्तनका कारण भौतिक तथा मानवीय क्षति बढेकाले त्यसको दीर्घकालीन असर समाधान खोज्नुपर्छ भने।

नेपाल जलवायु पहल (एनसिआइ)का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायुजन्य परिस्थितिका कारण मेलम्चीमा बाढीको विपद्का निम्तिएको बताए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका