लोकेन्द्र तामाङको कति मिठो चालामाला सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
धुन्चे, रसुवा

रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ डाँडागाउँ निवासी लोकेन्द्र तामाङको नयाँ साङ्गीतिक कोसेली ‘कति राम्रो चालमाला’ सार्वजनिक गरेका छन् ।

रसुवाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पक्षलाई उजागर गर्ने यस गीतले स्थानीय क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गीतमा हस्त तामाङ गोलेको शब्द र सङ्गीत रहेको छ। सङ्गीत निर्माता सञ्जीव बराइलीले गीतलाई उत्कृष्ट बनाएका छन् भने वाङच्यु फ्युबाको मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ। मदन रेग्मीले मादल, रत्न बिकेले बाँसुरी र सञ्जीव बराइलीले गिटार तथा बन्जोमा सङ्गीत प्रदान गरेका छन्।

निर्देशन वीरेन तितुङद्वारा निर्देशित भिडियोमा लोकेन्द्र तामाङ र सृष्टि तामाङको उत्कृष्ट अभिनय गरेका छन् । सिनेम्याटोग्राफी र ड्रोन सञ्चालनमा समेत वीरेनकै संलग्नता रहेको छ। भिडियो सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका छन् भने नयाँ पाना फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी पूरा गरेको छ।

रसुवाको नागथालि क्षेत्रका रमणीय दृश्यलाई समेटिएको गीतले स्थानीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

गीत लोकेन्द्र तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया