छ्योर्तेन टासी तामाङ गुम्बाको १० औँ वार्षिक साधारण सभा शनिवार भव्य रूपमा सम्पन्न भएको छ। गुम्बाको सभा हलमा आयोजित उक्त कार्यक्रममा गुम्बाका सदस्यहरू, स्थानीय समुदायका अगुवाहरू र विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गुम्बाका अध्यक्ष हरिबहादुर बल‚ महासचिव हिरामान तामाङ र कोषाध्यक्ष सरस्वती लामाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुम्बाले गरेको प्रगति, धार्मिक गतिविधि र सामाजिक सेवाबारे जानकारी दिएका थिए ।
अध्यक्ष बलले गुम्बाको निर्माणदेखि हालसम्मको यात्रा, चुनौती र अवसरबारे चर्चा गर्दै सबै सदस्य र सहयोगीलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वरका मेयर दीपक रिसालले गुम्बालाई नगरपालिकाले सहयोग गरिरहेको र निरन्तर सहयोग गरिने बताए ।
यस्तै नगर उपमेयर सान्नानी लामाले नगरपालिकाको सहयोग निरन्तरता रहने बताइन् ।
यसै गरी बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुम्बाको मर्मत सम्भारका लागि २५ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष नवराज तामाङ र वडा नं ६ का वडाध्यक्ष रमेश अर्यालले शुभकामना दिँदै स्थानीय वडा अन्तर्गत रहेका गुम्बाका भावी कार्य योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
आयोजकहरूले गुम्बाको लक्ष्य, धर्म र संस्कृति संरक्षण तथा सामुदायिक सेवा प्रदान गर्न अझ सशक्त रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
स्व. कर्मसिद्वि लामाको अगुवाइमा पेमा छोक्लिङ छोक्पा गुठीको नाममा जग्गामा गुम्बा बनाएको हो । तत्कालीन जोरपाटी गाविस हालको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा २०५६/६/१२ मा जग्गा स्वीकृति लिएर छ्योर्तेन टासी तामाङ गुम्बा निर्माण गरिएको थियो। त्यस्तै गुम्बा विकास समितिमा २०५७/०८/१६ मा दर्ता गरी सञ्चालनमा ल्याएको थियो ।