न्युजिल्याण्डमा २८६१ सोनाम ल्होछार मनाउने तयारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
399 Shares
न्युजिल्याण्ड

तामाङ सोसाइटी अफ न्युजिल्याण्ड र मिड कन्टेरबरी नेपाली सोसाइटीले २८६१ सोनाम ल्होछार मनाउने तयारी गरेको छ । संस्थाले ल्होछारको उत्सव मात्र नभई सांस्कृतिक आदानप्रदानमा सहभागी हुने अवसर पनि रहेको बताइएको छ ।

फेब्रुअरी १ २०२५ मा १० ग्राहम सडकस्थित तिनवाल्डमा हुने ल्होछारमा तामाङका परम्परागत संस्कृति, भेषाभूषा, सांस्कृतिक परम्परालाई सम्मान गर्न र हाम्रो समुदायभित्रको सम्बन्धलाई सुदृढ बनाउन सबैजना एकत्रित बनाउनेछ ।

कार्यक्रममा तामाङ समुदायको समृद्ध परम्परा, जीवन्त संगीत, र अद्वितीय सांस्कृतिक विरासत प्रस्तुत गरिन्छ ।

ल्होछारमा एशबर्टनमा रहेका र न्युजिल्याण्डभरिका सबैलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया