तमु समाज क्रोएसियाले जनवरी ५ तारीख आइतबार तमु (तोला) ल्होसार मनाएको छ । समाजले क्रोएसियास्थित जाग्रेबको एक हलमा सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाइएको हो ।
प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामा र तमु समाजका संरक्षक कमलमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेको थियो ।
तमु समाज क्रोएसियाका उपाध्यक्ष चुमन गुरुङ सभापति रहेको कार्यक्रम आस्था गुरुङ र देबेन गुरुङले संचालन गरेका हुन् ।दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रम राति झन्डै १० बजेसम्म चलेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले शुभकामना मन्तव्यका क्रममा क्रोएसियामा रहेका गुरुङहरुलाई एकजुट गराएको धन्यवाद दिए । तमु समाजको ल्होसार कार्यक्रमले सबैलाई नेपालमै भएको महसुस गराएको कार्यक्रमका प्रमुख अतिथि एनआरएनका अध्यक्ष लामाले बताए । उनका अनुसार तमु समाज क्रोएसियाले बृहत ल्होछार कार्यक्रम गरेका हुन् ।
त्यसै कार्यक्रमका विशेष अतिथि आप्पा कम्पनीका निर्देशक दावा लामाले शुभकामना दिदै तमुहरुको आफ्नै पहिचान भएको बताए । उनले तमु समाज क्रोएसियाले तमुहरुको पहिचानलाई थप उचाईमा पुर्याउन बिशेश सहयोग गर्नु आग्रह गरे ।
कार्यक्रममा जनप्रगतिशील क्रोएसियाका अध्यक्ष लोब्साङ तामाङ, तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङ, शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रिन्जेन शेर्पा, सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष बासु ओझा लगायत शुभकामना मन्तव्य राखेका थिए ।
ल्होसार कार्यक्रममा गुरुङ पोशाकमा सजिएका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । प्राय गुरुङ भाषाका गीतमा नृत्यहरु गरेका कलाकारहरुले कार्यक्रमको अन्त्यतिर अन्य भाषाका गीतमा समेत नृत्यहरु प्रस्तुत गरे ।
रिस्मा गुरुङ सांस्कृतिक संयोजक रहेकी कार्यक्रममा ओनेशा गुरुङ, निशा गुरुङ, सम्झना गुरुङ, कलादेवी गुरुङ, रोबिन गुरुङ, प्रदीप गुरुङ, चेत गुरुङ, चुमन गुरुङ, साजन गुरुङ, अमित गुरुङले आआफ्ना प्रस्तुति राखेका थिए । त्यस्तै कार्यक्रममा बिजय गुरुङ, विश्व गुरुङ, मेषराज गुरुङ, संगीत मगर, सृजना मगर, गंगा आले मगर, दिल गुरुङ लगायतले समेत प्रस्तुति राखे ।
त्यस्तै कार्यक्रमका लागी खानपिनको व्यवस्थापन हिमालयकरी नेपाली रेस्टुरेन्टले गरेको तमु समाज क्रोएसियाका संरक्षक एवं सल्लाहकार कमलमान गुरुङले जानकारी दिए । उनका अनुसार बिशेश सहयोग गरेका हिमालयकरीका संचालक मानसिंह थामीलाई रेस्टुरेन्टमै पुगेर सम्मान गरेका थिए । गतवर्षको ल्होछारमा समेत हिमालयकरीले खानपिनको व्यवस्थापन गरेको संरक्षक गुरुङको भनाइ छ ।
थप यो पनि
तमु समाज क्रोएसियाले ल्होसार मनाउने
तमु समाज क्रोएसियाको अध्यक्षमा अमित गुरुङ