तिब्बत क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पका कारण स्थानीय जनजीवन त्रसित बनेको छ । हिमाली क्षेत्रमा चिसोका कारण अबेर सम्म सुतिरहने मानिस भने सुत्दा रातमा फुकालेको लुगा लगाउन समेत नसकी हातमा लिएर घर बाहिर निस्केका थिए ।
मानिसहरू त्रसित हुनु स्वाभाविक भए पनि भूकम्पको धक्काले जिल्लाभित्र कुनै पनि क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुन्दर चौलागाईका अनुसार मातहतका प्रहरी इकाईबाट के कति क्षति भयो । त्यसको विवरण लिने काम भइरहेको र हालसम्म कुनै पनि क्षतिको जानकारी नआएको उनले बताए । ‘कहिकतै क्षति भएको जानकारी आएको छैन’, उनले भने ।
जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक चौलागाईले अनुरोध गरिएको छ ।
खानी तथा भूगर्भ विभागका विज्ञ मुकुन्द भट्टराईले दिएको जानकारी अनुसार राजधानी काठमाडौंदेखि दुई सय ८५ किलोमिटर उत्तर चीनको स्वसासित क्षेत्र तिब्बत आसपासमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भुकम्प गएको हो ।
सोलुखुम्बु जिल्लाको लवुचेबाट भूकम्पको केन्द्र विन्दु ९३ किमी नजिकमा पर्ने अर्का विज्ञ भरत कोइरालाले बताए ।
पूर्वी नेपालको सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, भोजपुर , सङ्खुवासभाको साथै राजधानी नजिकको धादिङ, नुवाकोट र रसुवा समेतका क्षेत्रका भू–भाग बढी हल्लिएको खानी तथा भूगर्भ विभागका विज्ञले जनाएका छन् ।
बिहानै आएको भूकम्पले बाल बच्चाहरूमा त्रास फैलिएकोले भूकम्पको त्रसित भन्दा पनि सुरक्षित स्थानमा लानुपर्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
यो पनि