‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं
फाइल तस्वीर

२०५६ चैत १७ । रौतहटको जीविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे ।

त्यसका लागि उनीहरुले जीविस परिसरमा रहेको नाअँझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो ।

एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिञ्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’मा झुण्ड्याइञ्छ ।

व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया