जनप्रतिनिधि नै ठेकेदार : दोहनले बस्ती जोखिममा

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
ललितपुर

ललितपुर भट्टेडाँडाका विष्णु तिमील्सिना बागमती गाउँपालिका- ३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुङ्गा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुञ्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुङ्गा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्।

गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ सडकको भित्तो उनको कम्पनीका बालुवा र ढुङ्गा उत्खननका स्रोत हुन्। सातदोबाटोस्थित प्राणदेवी इण्टरप्राइजेजका सञ्चालक राजकुमार भण्डारी भञ्छन्, ‘वडाध्यक्ष विष्णु तिमील्सिना, गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–६का वडाध्यक्ष विष्णुमान महर्जनलगायतले बालुवा, गिटी र ढुङ्गा उत्खन्न गरी सप्लाई गर्नुहुञ्छ। हामी उहाँहरूबाटै किञ्छौं।’

जनप्रतिनिधि हुनुअघि तिमील्सिना ठेकेदार थिए। हात्तीवनमा उनका कान्तिपथ र गौरी पार्वती कन्स्ट्रक्सन प्रालि नामका दुइटा कम्पनी छन्। ती कम्पनीसँग चारवटा डोजर पनि छन्। जनप्रतिनिधि भएपछि पनि उनी ठेकेदारकै रूपमा व्यस्त छन्, वडा कार्यालयमा खासै भेटिँदैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका