अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० रुपैयाँमा कायम भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1