बुद्धोदय मा.वि.मा सार्वजनिक सेवा प्रवेशका लागि अभिमुखीकरण सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं २ स्थित बुद्धोदय माध्यमिक विद्यालयमा सार्वजनिक सेवा प्रवेश सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

लिसंखुपाखार गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न पुस २१ गते भएको थियो ।

कार्यक्रममा वडा सदस्य सुनिता सुन्दास, झलबहादुर श्रेष्ठ, शिक्षा अधिकृत सुशीला ङयाङ्जो, जुगल गाउँपालिकामा कार्यरत सिभिल इन्जिनियर सुनिल लामा, शिक्षक अभिभावक सङ्घका संयोजक पासाङ घ्याम्छो लामा, बिद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, विद्यालयका गुरुजन र कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

लिसंखुपाखार गाउँपालिका–२ का वडाध्यक्ष तथा अक्षयकोषका पदेन सदस्य विजय योन्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रधानाध्यापक एवं अक्षयकोषका पदेन सदस्य कृष्ण बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरिएको थियो।

कार्यक्रमको दौरान, विद्यालयको पुस्तकालय तथा कक्षा १२ का विद्यार्थीहरूलाई लोकसेवा आयोग र शिक्षक सेवा आयोगद्वारा सार्वजनिक सेवा प्रवेश परीक्षाका लागि उपयोगी ‘नेपाल परिचय’ नामक पुस्तक र अभ्यासका लागि आवश्यक कापी हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने पालिका अध्यक्ष राजु लामा, स्थानीय जनप्रतिनिधिहरू, विद्यालयसँग सम्बन्धित व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया