तामाङ खान्दोके सेलो गायक आसमान लोप्चनको साङ्गीतिक यात्रा

काठमाडौं

गायक आसमान लोप्चन नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक हुन्, विशेष गरी तामाङ सेलो गीतहरूमा उनको विशिष्ट पहिचान छ। उनले तामाङ समुदायको सांस्कृतिक धरोहरलाई सङ्गीतसँग समायोजन गर्दै नयाँ पुस्तामा लोकप्रिय बनाएका छन्।

लोप्चनले तामाङ सेलो गीतहरूमा आफ्नो विशिष्ट शैली र स्वरमार्फत नेपाली सङ्गीतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। उनका गीतहरूमा मौलिक शब्द चयन र गायन शैलीमा गहिरो भावना र उत्कृष्ट टेक्निकको मिश्रण पाइन्छ। उनले प्रेम, बिछोड, खुसी, र दुःख जस्ता विभिन्न भावनाहरूलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।

उनको संगीतशैलीमा तामाङ सेलोको मौलिकता पाइन्छ। उनले तामाङ समुदायको सांस्कृतिक धरोहरलाई आधुनिक सङ्गीतसँग समायोजन गर्दै नयाँ पुस्तामा लोकप्रिय बनाएका छन्। उनी एक प्रेरणादायक गायक मात्र होइन, संगीतप्रेमीहरूको मनमा सदाबहार रहने एक नाम पनि हुन् ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

ठिकै छ ।

गीतसङ्गीतको सुरुवात कहिलेदेखि गर्नु भयो ? 

मैले यो साङ्गीतिक यात्रा स्कुलदेखि नै हो । मैले नृत्यबाट  सुरु गरेको हो । मैले मेरो पहिलो गीत २०७१ मा पहिलो रेकर्ड गरेको हो । त्यस्तै मैले एसएलसीपछि रेडियोमा तामाङ भाषाको समाचार वाचनबाट काम सुरु गरेको थिएँ । ४–५ वर्ष काम गरे ।  जिल्लामा मात्रै सीमित हुनुहुँदैन भिडियो जर्नलिष्ट (भिजे) को रूपमा काम गर्न काठमाडौँको धुम्बराहीमा रहेको सिजिएमसी एफएममा काम आएँ।

मोडल बन्न सोच गरे तर मोडल बन्नलाई कसैले पत्याइएन । त्यसको इखमा आफै गीत लेखे र मोडल बनेँ । त्यसैको उपलब्धि आज यहाँसम्म आइपुगेको हुँ ।

त्यस्तै सेलो गीतबाट गाउन सुरु गरेको हो । सुरुमा ‘आस्याङकी छोरी क्या राम्री’ बाट गीत रेकर्ड गरियो ।

 ‘यार्साली दोस्ती’ कस्तो खालको गीत हो ?

यो खान्दोके भाकामा आधारित गीत हो । जुन नेपाली भाषामा समेटिएको छ । खान्दोकेभित्र विभिन्न भाकाहरू समेटिएको हुन्छ । यो चाहिँ परिवेश विशेष गाइने गीतहरू हो । ‘यार्साली दोस्ती’ चाहिँ यार्साली भन्ने स्थानलाई विम्ब बनाएर गाएको गीत हो ।

‘मकै त भुट्यो फुल उठ्यो, बल्ल पो तामाङको हुल उठ्यो’ यस गीतको भाव बताइदिनुहोस् न ?

यो गीतले आधाउदी मनोरञ्जन दिन्छ । आधाउदी क्रान्तिको भाव सिर्जना गर्छ । भनाइको मतलब तामाङहरू आफ्नो मुद्दा र पहिचानका लागि एकजुट हुनुपर्छ भनेको हो । एउटै शब्दमा भन्नुपर्दा एकता हुनुपर्छ भनेको हो ।

हाम्रो सेलो सङ्गीतलाई राज्यले कसरी हेरिरहेको जस्तो हुन्छ ?

यो विषयमा राज्यले हेरिरहेको जस्तो लाग्छ तर मलाई चाहिँ लाग्दैन । यसमा राज्यको लगानी छैन । त्यसो हुँदा स्वस्फूर्ति हामीले आफ्नो भाषा, संस्कृति, भेषभूषा र पहिचान संरक्षणका लागि गाएको हो ।

तामाङ समुदायले आसमान लोप्चनबाट के आस राख्दछ ?

मबाट तामाङ समुदायले आशा राख्नुपर्छ र मैले पनि आस राखेको हुन्छ । किनकि म कलाकार हुँ । मेरो कलाबाट समुदायको पहिचानका लागि काम गरेको हुन्छु ।

राजनीतिक कस्तो लाग्छ ?

राजनीति समाजको लागि हो भने गर्नुपर्छ तर राजनीति नेताको लागि हो भने त्यो बेकार हुन्छ ।  त्यसले समाज परिवर्तन गर्दैन ।

तपाईँको साङ्गीतिक यात्रा एक दशकमा कति गीत रेकर्ड गर्नुभयो ?

आजसम्म ४ दर्जन जति गीत आफ्नो आवाजमा रेकर्ड गरेको छु । कति गीतमा सङ्गीत, कतिमा सिर्जना र कतिमा मोडलको रूपमा काम गरेको छु ।

तपाई कुनै फिल्मको गीत/नृत्यमा काम गर्न अफर आयो भने के गर्नुहुन्छ ?

डिपेन्ट अन प्रोजेक्ट । प्रोजेक्टको मर्म हेरेर काम गर्छु ।

तपाईँको विदेशमा साङ्गीतिक यात्रा कहाँबाट सुरु भयो ?

मैले दुबईबाट साङ्गीतिक यात्रा गरेको हुँ । मैले लिङ्गापुर, मलेसिया, युके, इराकका देशहरूमा पुगेर प्रस्तुति दिइसकेको छु । यसपालि दुबई र कोरिया जाँदै छु ।

त्यसो भए विदेश फापेको हो

जहाज चढेर कार्यक्रम गर्ने रहर कसलाई हुँदैन र । एउटा गीत गाउँदै गएपछि घरमै थन्किन त कसलाई मन छ र । कम्तीमा स्टेज पाइदियोस् भन्ने हो । त्यसो हुँदा विदेशतिर सबैले मन पराएर बोलाउनुहुन्छ ।

खान्दोके सेलो भाकालाई कसरी परिचय दिनुहुन्छ ?

खान्दोके सेलो विशेष गरी सिन्धुपाल्चोकको सेरोफेरोमा गाउने मौलिक गीत हो । यसको इतिहास हेर्ने हो भने अग्रज गायक प्रेम लोप्चन, हरि थापा, स्व. जयनन्द लामा र श्री तामाङ लगायतले ल्याएका हुन् । वहाँहरूले रेकर्डिङ गरेर सुरुवात गरेको भाका हो । तर मैले ‘बल्ल पो तामाङको हुल उठ्यो’ बाट खान्दोके सेलो नामकरण गरेर यसलाई प्रचारप्रसार गरेको हुँ। यो अहिले चर्चा र पहिचान बनेको छ । यो अहिले स्थापित भएको छ ।

आसमान लोप्चनले यो वर्ष दरबारमार्गमा लाइभ कन्सर्ट गर्नुभयो ? यसको बारेमा विस्तृत बताइदिनुहोस् न । 

यो कार्यक्रमको ब्यानरमा नै भनिएको छ, ‘खान्दोके सेलो लाइभ म्युजिक विथ आसमान लोप्चन’ । त्यो एकल साँझ नभएर मेरो एकल प्रस्तुति थियो । मौलिक प्रस्तुति थियो । म एकल साँझ गर्न सक्ने गायक बनेकै छैन ।

तपाईँले दोहोरी पनि गाउनुभयो । दोहोरी गाउँदा कतिको रमाइलो हुन्थ्यो ?

त्यो मेरो अनुभव थियो । साङ्गीतिक क्षेत्रमा आएको एक दशक बिताइसकेको छु । त्यति मात्रै नभएर म तामाङ भएकोले मेरो पहिला प्राथमिकता खान्दोके सेलो नै हो । किनकि त्यसैले मनलाई चिनाएको छ ।

तिप्लिङ मिडिया कसरी सञ्चालनमा ल्याएको हो ?

पहिलादेखि नै मिडियाबाट आएकोले यो स्थापना गरेको हो । गायन यात्रालाई पेसाको रूपमा लिएको छु ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका