अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।
गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० रुपैयाँमा कायम भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1