ओम तामाङ गुठीको २६ औँ साधारण सभा र ८ औँ अधिवेशन सम्पन्न,  अध्यक्षमा सुरज दोहोरियो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं

ओम तामाङ सुख-दुःख सेवा गुठीको २६ औँ  वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनले आगामी तीन वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा सुरज लामा रुम्बा, उपाध्यक्ष बविता लामा, सचिव विजय लामा, सहसचिव ज्ञानबहादुर मोक्तान, कोषाध्यक्ष बसन्ती लामा र सह कोषाध्यक्ष अमर लामा चयन भएका छन् ।

त्यस्तै सदस्यहरू शोभा लामा गोले, कुमार ढकाल, नानु लामा, मान बहादुर लामा (टुम्बुल), सञ्जय कुमार लामा (स्याङबो), चन्द्र लामा गोङ्बा, राजु लामा (लोप्चन) चुनिएका छन् ।

कार्यक्रममा गुठी दर्पण स्मारिका लोकार्पण गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सभापति सन्तोष चालिसेले गुठी केवल स्थानीय क्षेत्रमा मात्र सीमित नरही समग्र बौद्ध क्षेत्रको एकीकृत संस्थाको रूपमा विकसित हुँदै आएको छ ।

आजसम्म बौद्ध समुदायको धार्मिक, सामाजिक र सांस्कृतिक उत्थानमा यस गुठीको भूमिका अग्रणी रहेको उनले बताए ।

बौद्धनाथ क्षेत्रको संरक्षण र विकासमा मात्र होइन, यहाँको सामाजिक-सांस्कृतिक परम्पराको जगेर्ना गर्न पनि गुठीले महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

काठमाडौँ महानगरपालिका, वडा नं. ०६ का वडाध्यक्ष भुवन लामाले विश्व सम्पदा सूचीमा सूचीकृत श्री बौद्धनाथ स्तूप नेपालको अनमोल सांस्कृतिक धरोहर हो । यस पवित्र स्थलको धार्मिक महत्त्व, सांस्कृतिक मूल्य र पर्यटकीय विकासमा गुठीले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र बौद्धनाथ स्तूप र बौद्धनाथ क्षेत्र विकास समितिको हरेक क्रियाकलापमा साथ दिँदै धार्मिक, पर्यटकीय, ऐतिहासिक र सामाजिक विविध क्रियाकलापमा विशेष योगदान पुर्‍याउँदैप्रति आभार व्यक्त गरे ।

अध्यक्ष लामाले गुठीले प्रकाशन गरेको स्मारिका २०८१ ले गुठीको मात्रै योगदानलाई नझल्काई समग्र बौद्ध क्षेत्रमा रहेका थुप्रै सङ्घसंस्थाको योगदानलाई पनि कदर गर्दै आइरहेको बताए ।

उनले भने, बौद्ध धर्म संस्कृति सामाजिक मूल्य मान्यताको अभिलेखलाई समेटिएको यो स्मारिका चिरस्थायी ज्ञानवर्धक र प्रेरणादायी बन्नेछ।’

कार्यक्रममा अध्यक्ष सुरज लामा रुम्बाले गुठीलाई अझै सुदृढ र सशक्त बनाउँदै समाजको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। नवगठित समितिले गुठीका आगामी योजना र गतिविधिहरू प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको छ।

यो अधिवेशनले गुठीका सबै सदस्यहरूलाई थप ऊर्जा र उत्साह प्रदान गर्दै आपसी सहयोग र एकता मजबुत बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा जग्गा खरिदको लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुठीका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका