गोकर्णेश्वर युवा उपकार क्लबको अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं

गोकर्णेश्वर युवा उपकार क्लबले आयोजना गरेको अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता भगवती युवा क्लबको व्याटमिण्टन हलमा पुस २५ गते देखि २७ गतेसम्म भएको थियो । गोकर्णेश्वर युवा उपकार क्लब स्थापनाको ३५ औँ वार्षिक उत्सवको अवसरमा आयोजना भएको हो ।

प्रतियोगितामा ग्रुप “ए” बाट दावा शेर्पा र सनी लामाको टिम प्रथम भएका छन् भने र ग्रुप बी बाट राजु लामा र रेन्जि शेर्पाको टिम प्रथम भएका छन् । प्रतियोगितामा प्रथम हुने ग्रुप “ए” र “बी” ले ८–८ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसै गरी, ग्रुप “ए” बाट निरोज लामा र कुल्साङ लामा र “बी” बाट सिताराम घिमिरे र डिल्ली राईको टिम दोस्रो भएको छ । दोस्रो हुनेले ६–६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसै गरी, ग्रुप “ए” बाट प्रमोद डाँगी र हेमराम राई तथा मोहन कृष्ण श्रेष्ठ र सुमन श्रेष्ठको टिम तेस्रो भएको छ । त्यसै गरी, ग्रुप “बी” बाट केबल मगर र धर्म शरण श्रेष्ठ तथा लक्ष्मी कुमार श्रेष्ठ र टासी शेर्पाको टिम तेस्रो भएको छ । तेस्रो बनेको ग्रुप “ए” र “बी” को टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका क्लबका कोषाध्यक्ष तथा खेलकुद समितिका संयोजक हरिदास श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोह क्लबका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्व तथा नगर प्रमुख दीपक रिसालको प्रमुख अतिथि सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाको विशेष अतिथिमा, गोनपा ४ का वडा अध्यक्ष जयराम महत, गोनपा ६ का वडा अध्यक्ष नवराज लामा र नगर युवा तथा खेलकुद समितिका अध्यक्ष सञ्जय लामाको अतिथि रहेको थियो । समापन समारोहलाई नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष जयराम महत, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले विजेता टिम तथा खेलाडीहरूलाई बधाई दिँदै मन्तव्य राखेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका