वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित ‘स्वर्ग झै सैलुङ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। दोलखा जिल्लामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिएको सैलुङ क्षेत्रको महिमा वर्णन गर्ने यो गीतले प्रकृति र पर्यटनप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
गीतलाई नेपालका ख्यातिप्राप्त गायक प्रल्हाद लिमल्सिना र गायिका सुमिना लोले स्वर दिएका छन्। संगीतकारको तर्फबाट लोकप्रिय संगीतकार आलोकश्रीले संगीत भरेका छन्, जसले गीतलाई अझ मार्मिक र मनोरम बनाएको छ। यस गीतको एरेञ्ज र मिक्सिङ आदेश गुर्माछनले गरेका छन् । जसले गीत अत्यन्तै उत्कृष्ट बनेको छ।
भिडियो निर्देशनमा कुशल निर्देशक युवाराज वाइबाले काम गरेका छन् भने छायांकन निशल पौडेलले गरेका हुन् ।
भिडियोमा समिर तामाङ र अम्विका तामाङ अभिनय रहेको छ, जसले गीतलाई अझै जीवन्त बनाएको छ।
गीतले सैलुङलाई स्वर्गसँग तुलना गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको प्रचार गर्दै मायापिरतीको भाव सिर्जना गरिएको छ ।
भिडियोको कोरियोग्राफर प्रमोद के भट्टाराईले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।
गीतकार एवं एआइजी तामाङले ‘नजिक भएर पनि,’ ‘तिमीलाई माया गर्छु,’ ‘आमा,’ ‘जीवनसाथी,’ ‘माया गरेर हेर,’ र ‘मै खुकुरी अघिसरी’ जस्ता ४५० भन्दा बढी आधुनिक, राष्ट्रिय र सेलो गीत सिर्जना गरेका छन्। कर्तव्यबोध बन्दुकको साथमा कलम बोक्दै, उनले साहित्य र सुरक्षामा समान रूपमा योगदान पुर्याउँदै आएका छन्।
गीतले छोटो समयमा धेरै दर्शक-श्रोताको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।