अन्जु ब्लोनको प्रस्तुति ‘सुस्तरी’ प्रेम गीत शुक्रबार सार्वजनिक भएको छ। नुवाकोट घर भई हाल विदेशमा कर्मथलो बनाइरहेकी ब्लोनले यो सिर्जना दर्शकहरूमाझ प्रस्तुत गरेकी हुन्।
गीतमा गायक समर तामाङ र गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। समर तामाङ यसअघि “गाह्रो छ हो मलाई,” “नाम्साला पाराङसे,” “चुइगम फोबारी,” र “देख्दैमा जुन जस्ती मैच्याङनी” जस्ता सफल तामाङ सेलो गीतहरू दर्शकमाझ ल्याइसकेका छन्।
‘सुस्तरी’ प्रेम गीतका शब्द इन्द्र लामाले लेखेका हुन् भने गीतलाई संगीत र संयोजनमा कर्साङ लामाले गरेका छन्।
गीतको भिडियो पक्षमा पनि सशक्त टिमले योगदान दिएको छ। कथा लेखन रोशन तामाङले गरेका छन्, जबकि निर्देशनमा मन्दिप रानाको कुशल प्रस्तुति देख्न सकिन्छ। भिडियोको छायांकनमा राहुल राईले क्यामेराको जिम्मा सम्हालेका छन् भने सम्पादन र रङ संयोजन दिनेश कोइरालाले गरेका छन्।
भिडियोमा रोशन तामाङ, रजनी दोङ र अमृत लामाको आकर्षक अभिनयले गीतलाई थप जीवन्त बनाएको छ। गीतको छायांकन मार्खु कुलेखानी र काठमाडौँका रमणीय स्थलहरूमा गरिएको छ, जसले भिडियोमा प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरेको छ।
निर्देशक रोशन तामाङले भने, “‘सुस्तरी’ केवल प्रेम कथा होइन, यो प्रत्येक प्रेमीको भावनालाई समर्पित एउटा कथा हो। यो गीतले श्रोता तथा दर्शकहरूलाई प्रेमको सुन्दरतामा डुबाउने विश्वास लिएका छौं।”
‘सुस्तरी’ प्रेम गीतले नेपाली संगीतमा थप नयाँ स्वाद र उचाइ दिनेछ भन्ने विश्वास छ। दर्शकहरूले यो गीतलाई मन पराउने र यसले लोकप्रियताको नयाँ आयाम छुने अपेक्षा गरिएको छ।