सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।

स्थानीय बजारमा प्रतितोला सुनमा चार सय रुपैयाँले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु एक लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार आठ सय ३० रुपैयाँमा निर्धारण भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका