हरिवन नगरपालिका–१० स्थित सुखेपोखरीमा प्रदेश स्तरीय दोस्रो हरिवन मेयरकप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । नगरपालिका मेयर गणेशप्रसाद प्रसाईले उद्घाटन गर्दै सहभागी टिमहरुलाई शुभकामना दिए ।
प्रतियोगिताको पहिलो खेल सर्लाही भर्सेज महोत्तरीबीच भएको थियो ।
खेलको १८ औं मिनेटमा सर्लाहीका लागि याङ दोर्जेको पासमा विमल घिसिङले पहिलो गोल गरे । त्यसको केही मिनेटपछि नै महोत्तरीका संजोक बलम्पाकीले गोल फर्काउन सफल भए ।
खेलको समय समाप्तसम्म दुवै टिमले गोल गर्न नसकेपछि टाई ब्रेकरमा धकेलियो । अन्ततः महोत्तरीमाथि २–३ गोल अन्तरको नतिजा निकाल्दै सर्लाहीले विजय निकालेको हो ।
खेलको म्यान अफ दि म्याच सर्लाहीका गोलकिपर अरुण तामाङ घोषित भए । उनले नगद ५ हजार हात पारे ।
हरिवनलाई खेलकुदको माध्यमबाट चिनाउन र प्रतिभालाई बाहिर उजागर गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको आयोजकले जानकारी दिए ।
खेलको सुरुवातमा हरिवनका स्थानीय खेलाडी प्रियान्सु पोतेले फ्रि स्टाईल फुटबल डान्स प्रस्तुत गरेर दर्शकलाई मन्त्र मुग्द बनाएका थिए।
उद्घाटन सत्रमा खेलाडी प्रियान्सु पोतेले फ्रि स्टाईल फुटबल डान्स प्रस्तुत गरेका थिए । प्रियान्सुको प्रतिभालाई कदर गर्दै नगरपालिकाकाले नगद १० हजार प्रदान गर्ने घोषणासमेत गरे ।
विप्लव समुहले गरेको बन्दका कारण आज हुने बारा र सिरहाबीचको खेल भोलि हुने भएको आयोजकले बताएको छ । १७ गते प्रतियोगिताको फाइनल हुने खेलसमेत बन्दकै कारण केही दिन धकेलिने जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेता टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।