ओखलढुङ्गा पत्रकार समाज दर्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौँ

ओखलढुङ्गा पत्रकार समाज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् रूपमा दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको छ। प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख/निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम र नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल चयन भएका छन्। महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा, सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, तथा कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन्।

सदस्यहरूमा:

  • हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल,
  • राससका उपसम्पादक कुम्भराज राई,
  • सुभाना मिडियाका सञ्चालक/सम्पादक शिवबहादुर विक मिलन,
  • स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेल,
  • सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी,
  • आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ,
  • थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन्।

समाजको सल्लाहकारमा राससका पूर्व अध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यवाहक अध्यक्ष बाला अधिकारी चयन भएका छन्।

समाजले ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारको सम्मान र अनुज पत्रकारहरूको क्षमता विकासका लागि काम गर्ने उद्देश्य राखेको छ।

  • पत्रकार कल्याणकारी अक्षयकोष स्थापना,
  • विधागत पत्रकारिता पुरस्कारको व्यवस्था,
  • जिल्लामा अनुसन्धानात्मक पत्रकारिताको प्रवर्द्धन,
  • काठमाडौँलगायत अन्य जिल्लामा कार्यरत ओखलढुङ्गाका पत्रकारहरूलाई एकताबद्ध गर्दै जिल्लाका विविध एजेन्डामा बहस र पैरवी गर्ने समाजको लक्ष्य रहेको छ।

समाजका महासचिव जीवन शर्माका अनुसार, स्थायी घर ओखलढुङ्गामा रहेर काठमाडौँलगायत विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरूलाई समेटी आवश्यक छलफल र कार्य योजना अघि बढाइनेछ।

अध्यक्ष चेतनाथ धमलाले पहिलो चरणमा करिब सय जना पत्रकारहरूको तथ्याङ्क सङ्कलन गरी बृहत्त भेला आयोजना गर्ने योजना रहेको जानकारी दिए।

समाजको विधान काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अध्यक्ष धमलालाई हस्तान्तरण गरेका छन्। विधान स्वीकृति प्रशासकीय अधिकृत उर्मिला अधिकारीले गरेकी हुन्।

ओखलढुङ्गाबाट काठमाडौँ आएर पत्रकारिता पेसामा सक्रिय पत्रकारहरूको साझा मञ्चको रूपमा समाजले आफ्नो उद्देश्यअनुसारका गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका