सजिलोमा क्याप्टेन विजय लामा, ६ महिनामा देशव्यापी सेवा विस्तार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
322 Shares
काठमाडौं

नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ मा बिमान चालक विजय लामालाई सहसंस्थापकमा जोडिएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनलाई सजिलो साथीमा जोडिएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याप्टेन विजय लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सजिलोले आगामी ६ महिनाभित्र आफ्नो सेवा नेपालभर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमिर लामाले अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्नुका साथै एक वर्षभित्र विमानस्थलमा पिकअप सेवा सुरु गर्ने लक्ष्य रहेको बताए। उनले अन्य राइड शेयरिङ प्लेटफर्मको तुलनामा ‘सजिलो’ ले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको उल्लेख गरे।

कम्पनीले यात्रु र चालकको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा सुरु गरेको छ। यात्रुहरूले राइड अनुरोध गरेपछि गन्तव्यमा पुगेर फर्किने बेलासम्म बीमाको सुरक्षा पाउनेछन्। साथै, राइड रद्द भएमा चालकलाई क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको छ।

कल्याणकारी कोषको स्थापना

‘सजिलो’ ले कमिसनबाट उठेको १० प्रतिशत रकम ‘सजिलो कोष’ मा जम्मा गर्ने घोषणा गरेको छ। यो कोष राइडरहरूको कल्याणका लागि उपयोग गरिनेछ।

कम्पनीले आगामी फागुन १ गतेदेखि राइडरहरूबाट कमिसनबापत रकम असुल्न थाल्ने व्यवस्था लागू गर्ने जानकारी पनि गराएको छ।

सजिलोले यात्रु र चालकको सुरक्षामा विशेष ध्यान दिँदै सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका