नेपाल तामाङ सङ्घ रसुवाको अध्यक्षमा चयन सातप्रसाद

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
धुन्चे, रसुवा

नेपाल तामाङ सङ्घ रसुवाको प्रथम जिल्ला कार्यसमितिको बैठकले आमाछोदिङमो गाउँपालिका–२, नेसिङका सातप्रसाद तामाङलाई अध्यक्षमा चयन गरेको छ । माघ २ गते सम्पन्न तामाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यसमितिको उपाध्यक्षमा कान्छा लामा तामाङ र सोम तामाङ चयन भएका छन्। सचिवको जिम्मेवारी सम्झना तामाङलाई दिइएको छ भने कोषाध्यक्षमा निमा तामाङ चयन भएका छन्। सहसचिवको भूमिकामा कमल तामाङ रहने भएका छन्।

यसै गरी सदस्यहरूमा सु तामाङ‚ जागिराम तामाङ‚ वीरबहादुर पाख्रिन‚ ज्ञानु ग्लान‚ लेखराम तामाङ‚ डिण्डुप तामाङ‚ सार्की तामाङ र कान्छा लामा

नयाँ कार्यसमितिले तामाङ समुदायका मुद्दा, संस्कृति संरक्षण र सामाजिक विकासका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका