‘रुने हो कति’: माया र सम्बन्धको गहिराई उजागर गर्ने लोकदोहोरी गीत सार्वजनिक

मनु ठकुरी संवाददाता
49 Shares
काठमाडौं

लोकप्रिय गायक ईश्वरसिंह र गायिका माया सुनारको सुमधुर स्वरले सजिएको नयाँ लोकदोहोरी गीत ‘रुने हो कति’ हालै सार्वजनिक भएको छ। गीतमा प्रेम, पीडा र जीवनका भोगाइलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। माया गर्नेहरूबीच देखिने तिक्ततालाई सुधार्ने सन्देशसहित यो गीतले आम दर्शक-श्रोताको मन जित्ने विश्वास गरिएको छ।

गीतको शब्द र संगीत रमेश परियारले तयार पारेका हुन् भने संगीत संयोजन सागर विरहीको रहेको छ। नेपाली ग्रामीण जीवनशैली र मौलिकताका झलकसहितको छायांकनले यस गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतको भिडियोमा चर्चित कलाकार शिशिर पौडेल र तुलसी गुरुङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले गीतको कथालाई थप जीवन्त बनाएको छ। स्मृति तिमिल्सिना ‘गुरुमा’ ले निर्देशन गरेको भिडियोको छायाङ्कन अजय रेग्मीले गरेका हुन्। सम्पादन र कलरिङको जिम्मा नविन घर्ती मगरले सम्हालेका छन्।

गीत सार्वजनिक भएपछि गायक सिंहले भने, “यस गीतले प्रेम र सम्बन्धका गहिरा पक्षहरू उजागर गर्ने प्रयास गरेको छ। हामीलाई आशा छ, यसले दर्शकहरूको मन छुन्छ।”

भिडियो सार्वजनिक भएलगत्तै दर्शकहरूले गीतलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। ग्रामीण परिवेश, मौलिकता, र वास्तविकता झल्काउने दृश्यले धेरैको मन छोएको छ।

‘रुने हो कति’ जस्ता गीतले नेपाली संगीत क्षेत्रको मौलिक पक्षलाई उजागर गर्दै नयाँ पुस्तालाई पनि लोकदोहोरीमा आकर्षित गर्ने विश्वास गर्न सकिन्छ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका