सुनचाँदीको मूल्य घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ रुपैयाँ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका