भीमबहादुर लामा फोनिज काठमाडौं शाखाको अध्यक्षमा निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
काठमाडौं

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला शाखाको अध्यक्षमा भीमबहादुर लामा निर्वाचित भएका छन्। आइतबार सम्पन्न फोनिजको ७ औँ जिल्ला अधिवेशनले लामालाई अध्यक्षमा चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन, कोषाध्यक्षमा दीपा सुनुवार, र सह-सचिव (महिला)मा नितु डंगोललाई निर्वाचित गरेको छ।

त्यसैगरी, खुल्ला सदस्यतर्फ वेदबहादुर गुरुङ र किच: सिंह डंगोल तथा महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर, र अञ्जना राई निर्वाचित भएका छन्। संस्थागत सदस्यका रूपमा अजय खड्गी र पासा काजी शेर्पा चयन भएका छन्।

अधिवेशनले संघीय प्रतिनिधितर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेश प्रतिनिधितर्फ ९ महिला सहित २६ जना चयन गरेको छ। संघीय प्रतिनिधिमा पूर्ण भक्त दुवाल, गंगादेवी महर्जन, मिक्साङ वाइबा तामाङ, यशोदा भुजेल, हरिगोपाल प्रधान, निरज रञ्जित, अर्जुन बहादुर तामाङ लगायतका प्रतिनिधि चयन भएका छन्।

प्रदेश प्रतिनिधिमा उदेन न्हुसामी, विमला मानन्धर, सरस्वी श्रेष्ठ सरू, मिङ्मा लामा, सुरज मानन्धर, हिरो लोप्चन लगायतका सदस्यहरू निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारीहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक तथा फोनिजका संघीय उपाध्यक्ष अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

शपथपछि नवनिर्वाचित अध्यक्ष भीमबहादुर लामाले आदिवासी जनजाति पत्रकारहरूको हकहितका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता जनाए। उनले भने, “मैले आदिवासी जनजाति पत्रकारहरूको अधिकारका लागि सम्बन्धित निकायमा आवाज उठाउन कुनै कसर बाँकी राख्नेछैन। साथै, काठमाडौं शाखालाई सक्रिय बनाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु।”

फोनिजको यस अधिवेशनले आदिवासी जनजाति पत्रकारहरूको सशक्तिकरण र संगठनलाई बलियो बनाउने नयाँ दिशा तय गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका