युएई। काभ्रे सेवा समाज, युएईले २०२५–२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनबाट बेता घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
कार्यसमिति पदाधिकारीहरू प्रमुख संरक्षक गोविन्द पन्त‚ प्रमुख सल्लाहकाररसंरक्षक डि।बि। लुङ्गेली मगर र सल्लाहकारहरूद्वय निरञ्जन बस्नेत र जनक सापकोटा रहेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष चन्द्र योञ्जन‚ उउपाध्यक्षहरू रविन तामाङ, मनिस लोप्चन, बुद्ध मोक्तान‚ महासचिव ग्याम्सो लामा‚ सचिव ओम तामाङ‚ सह–सचिव अन्जु दोङ‚ कोषाध्यक्ष मिलन लामा र सह–कोषाध्यक्ष तेवाङ लामा चयन भएका छन् ।
त्यस्तै कला–सांस्कृतिक सचिव सुरेश लामा‚ खेलकुद सचिव डिन्छेन दोङ लामा‚ प्रवक्ता फूर्वा योञ्जन र महिला प्रमुख रजनी तामाङ रहेका छन् ।
यसै गरी सदस्यहरू शर्मिला लुङ्वा, सोनु लामा, लक्ष्मी गोले, शालिक राम न्यौपाने, बबिता न्यौपाने‚ मनीराम कार्की, विरोध मगर, सुदर्शन सेडाई, जित तामाङ, सिसक कँडेल‚ चन्द्र मगर, महेश तामाङ, रोशनी दोङ रहेका छन् ।
नवगठित कार्यसमितिले काभ्रे सेवा समाज, युएईको उद्देश्य अनुसार समुदायको सेवा, कला, संस्कृति संरक्षण तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
शपथ ग्रहणपछि अध्यक्ष बेता घिसिङले काभ्रे सेवा समाजको गतिविधिलाई अझ सुदृढ बनाउँदै प्रवासी नेपाली समुदायको हकहित र सांस्कृतिक उत्थानका लागि निरन्तर क्रियाशील रहने प्रतिज्ञा व्यक्त गरे।
कार्यसमिति गठनसँगै काभ्रे सेवा समाज, युएईले आगामी दिनमा विविध कार्यक्रम आयोजना गर्दै सामाजिक सहयोग र सांस्कृतिक प्रवर्द्धनका गतिविधिलाई तीव्रता दिने घोषणा गरेको छ।