अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुन आज एक लाख ५८ हजार एक सय रुपैयाँमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1