पहिलोपटक खुल्ला विश्वविद्यालय ओपन (युनिभर्सिटी) ले तामाङ स्टडिजमा आवेदन खुल्ला गरेको छ । ४ वर्षे कार्यक्रमको लागि एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।
प्लस टु सकीएका जोसुकैले भर्ना गर्न पाउने अनलाइनमार्फत पढाई हुने विश्वविद्यालयले जनाएको छ । यद्यपि कम्युटरसम्बन्धी साधारण जानकारी भने हुनुपर्ने उल्लेख गरेको छ ।
तामाङ इतिहास, संस्कृति, धर्म, भाषा, साहित्यदेखि लोकवार्तासम्म समेटिएर पाठ्यक्रम तयार पारिएकोले यो तहको शिक्षा निकै महत्वपूर्ण हुने भाषाविद् अमृत योञ्जन तामाङले बताए ।
अनलाइनमार्फत् पठनपाठन हुने भएकोले देशविदेश एवं दुरदराजमा रहने सबैलाई सहज वातावरण हुनेछ । १६०० पूर्णांकको यस विषयले तामाङ विज्ञ बनाउन सघाउनेछ, तामाङले भने ।
यसैगरी तामाङ स्टडिजसँगै मगर स्टडिज, किरात स्टडिज, स्लामिक स्टजिडमा स्नातक तहमा आवेदन खुलाएको विश्वविद्यालयले कम्तीमा २० जना विद्यार्थी प्रत्येक कार्यक्रमका लागि अनिवार्य तोकेको छ ।
कार्यक्रमका लागि माघ ६ गतेदेखि फागुन ५ गतेसम्म आवेदन दिइसक्नुपर्ने र प्रवेश परीक्षा लिइने विश्वविद्यालयका कुलसचिव प्राडा गोविन्दसिंह विष्टले जनाए ।