तामाङ समाज पोर्चुगलले सोनाम ल्होछार विशेष ,सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । समाजले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´ को विशेष अवसर पारेर फेब्रुअरी २ तारीख ल्होछार साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
पोर्चुगलको राजधानी लिस्बनमा हुने लागेको ल्होछार कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्कने सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, तथा परम्परागत झाँकीहरू प्रदर्शन गरिने आयोजकले बताए । आयोजकका अनुसार विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट कार्यक्रमलाई अझ रौनकपूर्ण बनाउने तयारी गरिएको छ ।
कार्यक्रममा चर्चित गायक मिलन लामा, रामबाबु योन्जन, रमित लामा, कुन्साङ लामा, पुष्पा वाइबा, सोनाम योन्जन, रामकृष्ण तामाङ, बुद्ध योन्जन, च्याङ्बा तामाङ र पुर्ण तामाङले प्रस्तुति दिनेछन् । त्यस्तै गायिका गीता लामा र भारती लामा, डिजे अशोक लामा र फरी तिवारीले बेजोड प्रस्तुति रहेनछन् ।
त्यसैगरी ल्होछार कार्यक्रममा कोरियोगाफर डान्सर बिशाल लामा हुन् भने नृत्यमा क्रमशः मन्सु लामा दोङ, रोशनी तामाङ, दुईडकल तामाङ, सपना छन्त्याल, सुनिता तामाङ, सम्झना जिम्बा, पुजा मोक्तान, लिज्जी कार्की, गंगा रुम्बा, रोहन योन्जन, सानी शेर्पा, आड याङ्गे शेर्पा, मुस्कान शेर्पा लामा, आङ निगमा कान्छी, सपना बोम्जन र राजेन्द्र डिम्दुङले रहेका छन् ।
प्रख्यात मोक्तानले संचालन गर्ने कार्यक्रममा लामागुरु लोप्साङ नोर्बुले पूजापाठ गर्नेछन् । त्यस्तै (dinner)बेलुकाको खानासहित टिकटको मुल्य १० युरो तोकिएको छ ।
सन् २०११ मा `तामाङ जातिको परिवर्तन: शैक्षिक तथा आर्थिक सुदृढीकरण´ भन्ने मूल नाराका साथ स्थापना भएको तामाङ समाज पोर्चुगलले आफ्नो स्थापना कालदेखि नै तामाङ समुदायको भाषा, धर्म, संस्कृति, र भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए । उनका अनुसार संस्थाले यसखाले कार्यक्रमले तामाङ समुदायलाई आफ्नो सांस्कृतिक जरा र परम्परासँग जोड्ने मात्र नभई, नेपाली संस्कृति र चाडपर्वको महत्त्वलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
थप यो पनि
तामाङ समाज पोर्तुगलले निकाले निवर्तमान अध्यक्ष सुजनलाई, हदैसम्म कारबाहीको तयारी
तामाङ समाज पोर्चुगलको अध्यक्षमा योन्जन
नेपाली समाज पोर्चुगलको अध्यक्षमा शैलुङका योञ्जन