काठमाडौँ सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ ।
मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँपुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1