स्वास्थ्य विमा कार्यक्रम लागू भएपछि रसुवामा स्वास्थ्य विमा गर्नेको संख्या ३६ प्रतिशत सरकारले ल्याएको सामाजिक सुरक्षाको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य विमा अन्तरगत रसुवामा ३६ प्रतिशत मात्रैले विमा गराई सेवा लिएका छन ।
संयोजक सृष्टि श्रेष्ठ का अनुसार गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याइ विमाको आघारमा सबैका लागि सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम विमा २०७२ देखि लागू भएतापनि सोचेभन्दा धेरै नागरिकले विमा गराएको पाइएको छैन ।
कुल जनसंख्या ४६ हजार ६ सय ८९ रहेतापनि यसै बर्ष मात्रै धेरै विमा कार्यक्रम मा कालिका गाउँपालिका समेटिएको छ । ४६ हजार जनसंख्या मध्ये ११ हजार १ सय ४० घर परिवारले विमा गराई सेवा लिएका छन ।
स्थानीय सरकारले विमा बारेमा सचेतना मुलक कार्यक्रम गर्न नसकेकोमा बिमा प्रति नागरिकहरू तेति आकर्षण नभएको भन्ने जनगुनासो रहेको छ ।श्रेष्ठले बताउछन् जिल्लाको आमनछोदिङमो गा,पा मा ३ सय ३० घरका ५ सय ८२ जना,उतरगया गा,पा को ९ सय ६६ घरमा २९ सय ५८ जना,गोसाईकुण्ड गा,पा मा३ सय ४६ घरका ८ सय ७० जना,नौकुण्ड गा,पाका ५ सय ८ घर का ११ सय १३ जना,कालिका गा,पाका,३२ सय ८६ घरका ११ हजार ४ सय ६६ जना गरि कुल ५ हजार ४ सय ३६ घर परिवारका १६ हजार ९ सय ८९ जनाले स्वास्थ विमा गराएका छन ।
नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि स्वास्थ विमा वोर्डले यो कार्यक्रम लागू गरेको हो ।