तामाङ घेदुङ साउदीको ल्होछार तयारी पुरा, कार्यक्रम शुक्रबार हुने

आउनेजाने यातायातसहित कार्यक्रममा नि:शुल्क प्रवेश पाइने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
189 Shares
रियाद, साउदी

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाको शुक्रबार जनवरी २४ तारीख हुने ल्होछार कार्यक्रम कार्यक्रम तयारी पुरा भएको छ । मन्जुश्री संवत् २५६१ (डुल ल्हो) सोनाम ल्होछार पारेर गर्न लागिएको बिशेष सांस्कृतिक कार्यक्रम-२०२५ को तयारी पूरा भएको तामाङ घेदुङ प्रवास शाखा साउदीका महासचिव नागेश तामाङले जानकारी दिए ।

तामाङ घेदुङ प्रवास शाखा साउदीका महासचिव नागेश तामाङका अनुसार कार्यक्रम साउदीको राजधानी रियादको एक्जिट-९, मा हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रमका लागि नेपालबाट मंगलबार बेलुकानै सेलो गायक रोज मोक्तान तामाङ र सेलो गायिका सुमिना लो तामाङ आइसकेको महासचिव नागेश तामाङले बताए ।

त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने तामाङ घेदुङ प्रवास शाखा साउदीका अध्यक्ष रुपक वाइबाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरेका छन् ।

कार्यक्रम हलसम्म जान रियादको बाथा र सनैयाबाट नि:शुल्क यातायात व्यवस्था गरेको अध्यक्ष रुपक वाइबाले बताए । ` रियादको आसपास रहेकाहरू एक ठाउँमा जम्मा भएर कार्यक्रम हेर्ने आउनुहुन्छ भने बसको व्यवस्था गर्न सकिन्छ,´ अध्यक्ष वाइबाले भने,` कार्यक्रम सकेपछि फर्केर जानसमेत घेदुङले यातायातको व्यवस्थापन गरेको छ ।´
तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न संघसंस्था र सहयोग दाताहरूलाई निमन्त्रणा गरिसकेको आयोजकले बताए । आयोजकका अनुसार कारणबस निमन्त्रणा नपुगेको खण्डमा यस समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति जनाउन आग्रह गरेका छन् ।

गतवर्षको ल्होछार तामाङ घेदुङ साउदीले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेका थिए । तामाङ घेदुङ साउदीले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई साउदीमै निमन्त्रणा गरेर सम्मान गरेका हुन् ।

स्थापनाकालदेखिनै ल्होछार, बुद्ध जयन्ती लगायत नेतृत्व विकास कार्यक्रम गर्दै आएका तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएका तामाङ घेदुङ साउदीको एउटै मात्र क्षेत्रीय समिति दम्माम छ ।

थप यो पनि

तामाङ घेदुङ साउदीले गरे रोज र सुमिनालाई स्वागत

तामाङ घेदुङ साउदीको ल्होछारमा रोज र सुमिना आउने

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका