सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

काठमाडौँ अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया