तामाङ साज क्रोएसियाले बिरामी गायिका इन्दिरा गोले तामाङलाई १ लाख १ हजार १ सय ब.२० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिरामी गायिका गोलेलाई बिदा मनाउन नेपाल पुगेकी तामाङ समाज क्रोएसियाकी उपाध्यक्ष प्रमिता थोकर तामाङले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् ।
तामाङ समाज क्रोएसियाले सूचना जारी गरेर बिरामी गायिका गोलेलाई आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी दिएको छ । समाजको सूचनामा ` नेपाली गित संगीत तथा तामाङ्ग सेलो जगतका, नेपाल तामाङ्ग कलाकार संघका संस्थापक उपाध्यक्ष एवम पूर्व अध्यक्ष, वर्तमान सल्लाहकार म्हेन्दोला फोले फाउण्डेशन कार्यसमितिका सदस्य आदरणीय वरिष्ठ गायिका ईन्दिरा गोले गुरुङ विगत २ वर्षदेखि क्यान्सर जस्तो घातक रोघबाट पिडित भई हाल सम्म उहाको उपचार भइरहेकोले यस “तामाङ्ग समाज क्रोएसियाले” गायिका ईन्दिरा गोले गुरुङ बचाउ अभियानको अपिललाई साथ दिदै उहाँको जीवन रक्षा गर्दै,पुनः सांगितीक यात्रामा फर्काउनका लागि Tamang Samaj Croatia को पहलमा गायिका ईन्दिरा गोले बचाउ अभियानलाई सकेको आर्थिक सहयोग गर्नु भएका क्रोएसियामा रहेका संघ संस्था, व्यवसायीहरु, बुध्दिजीवीहरु, कलाकारहरु पत्रकारहरु, तथा सम्पूर्ण संगीत प्रेमी दाजु भाई, दिदिबहिनीहरुमा सहयोगका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं साथै आगामी दिनहरुमा पनि यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछौं ´ लेखिएको छ ।
तामाङ समाजको सूचनामा` जम्मा रकम 709€ नेपालि रु.1,01,120/- तामाङ्ग समाज क्रोएसियाको महिला उपाध्यक्ष Pramita Thokar को हात बाट हस्तान्तरण गरीएको यहाहरु सबैमा जानकारी गराउदछौ ।´ उल्लेख गरेको छ ।
विगत २ वर्षदेखि गोले क्यान्सरजस्तो गम्भीर रोगसँग लडिरहेका गायिका गोलेले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर सेन्टरमा उपचार लिदै आएकी छिन् । उनलाई यसअघि तामाङ कलाकार संघ, म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङले संयुक्त रूपमा ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ ले ५१ लाखभन्दा धेरै रकम संकलन गरेर हस्तान्तरण गरिसकेका छन् ।
विक्रम संवत् २०४५देखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौँ गीत गाइसकेकी छन् । उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको वासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला, लगायत गीतहरू सदाबहार चर्चित छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।
थप यो पनि
गायिका इन्दिरा गोलेलाई आर्थिक सहयोग
गायिका इन्दिरा गोले बचाउ अभियान सुरु, सबैलाई सहयोगको अपिल